Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा आजदेखि रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ७ २०८३
  • 741
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। पार्टी स्थापना भएको चार वर्षपछि पहिलोपटक आयोजना हुन लागेको महाधिवेशनलाई रास्वपाको संगठनात्मक विकास, नेतृत्व चयन तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

महाधिवेशनको उद्घाटन चितवनस्थित भरतपुर गेष्ट हाउस चौरमा विशेष समारोहका बीच हुने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने तथा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनमा देशभरबाट तीन हजार ९ सय १८ प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ। तीमध्ये ३ सय प्रतिनिधिलाई पार्टीका दुई महामन्त्रीले मनोनयन गरेका छन् भने बाँकी प्रतिनिधि विभिन्न तहका अधिवेशनमार्फत छनोट भएर आएका हुन्।

पार्टीका अनुसार हालसम्म देशका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। त्यस्तै ४ हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ। ६ वटा प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन गरिएको छ। मधेश प्रदेश तथा निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्।

रास्वपाले आफ्नो सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ। पार्टीले छोटो अवधिमा देशव्यापी संगठन विस्तार गर्दै स्थानीय तहदेखि केन्द्रसम्म संरचना निर्माणलाई तीव्रता दिएको जनाएको छ।

महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, नीति तथा कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। यसअघि रास्वपाले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित १ सय ५८ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिसकेको छ।

नयाँ विधानअनुसार पार्टीको संगठनात्मक संरचना थप विस्तार हुने तथा नेतृत्वलाई थप जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। महाधिवेशनमा विधान संशोधन, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि समेत व्यापक छलफल हुने जनाइएको छ।

हाल देशभरका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरू चितवनमा भेला भइसकेका छन्। महाधिवेशनलाई सफल बनाउन विभिन्न व्यवस्थापन समिति परिचालन गरिएका छन् भने सुरक्षा, आवास, यातायात तथा कार्यक्रम सञ्चालनका सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको भविष्यको दिशा निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व र पारित हुने नीतिगत निर्णयहरूले आगामी दिनमा पार्टीको राजनीतिक यात्रा तथा संगठनात्मक संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४