Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दीपेन्द्र ऐरीको कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 779
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। सिंगापुरमा मे ३१ देखि सुरु हुने प्रतियोगिता जुन ९ सम्म सञ्चालन हुनेछ।

घोषित टोलीमा यसअघि यूएईविरुद्धको शृङ्खलामा अनुपस्थित रहेका रोहित पौडेल, सोमपाल कामी र करण केसी पुनः टोलीमा फर्किएका छन्। अनुभवी खेलाडीहरूको पुनरागमनले नेपाली टोली थप सन्तुलित र बलियो बनेको विश्लेषण गरिएको छ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख तथा साहब आलम समावेश छन्।

क्यानले युवा र अनुभवी खेलाडीको मिश्रणसहित टोली तयार गरेको जनाएको छ। छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एसियन गेम्स क्रिकेटमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेको छ। नेपाली समर्थकहरूले पनि टोलीबाट सशक्त प्रदर्शनको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४