Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३ २०८३
  • 1.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ । बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले विदेश जानुअघि भने अनुमति लिनुपर्ने शर्त पनि राखेको छ ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता खड्काका तर्फबाट उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै रिहाइको माग गरिएको थियो, जसअनुसार सर्वोच्चले आदेश दिएको हो ।

यसअघि बुधबार पनि उक्त रिटमा सुनुवाइ भएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले अनुसन्धान फाइल झिकाउन र अर्को दिनका लागि पेसी तोक्न आदेश दिएको थियो । साथै, राजस्व अनुसन्धान विभागलाई लिखित जवाफ र अनुसन्धान फाइल पेश गर्न निर्देशन दिइएको थियो ।

खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत चैत १५ गते पक्राउ गरेको थियो । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको भए पनि फाइल विभिन्न निकायबीच साटासाट भएपछि अनुसन्धान प्रक्रिया जटिल बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४