काठमाडौँ — रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा सुनुवाइ जारी छ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध दायर मुद्दा आज पनि सर्वोच्च अदालतमा पेसी चढेको छ।
स्रोतका अनुसार, दुईतर्फी बयान सकिइसकेको अवस्थामा मुद्दा फेरि लम्ब्याउने कारण नहुँदा सम्भवतः आजै कुनै फैसला सुनाइने तयारी रहेको छ।
मुद्दा अहिले न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को बेञ्चमा विचाराधीन छ।
अधिवक्ता दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेल सहितका पक्षले अभियोग संशोधन प्रचलित कानूनविपरीत भएको भन्दै रिट दायर गरेका थिए।
यस मुद्दाले नेपाली राजनीतिक र कानुनी वृत्तमा ठूलो ध्यान तानेको छ र आजको फैसला कानुनी रूपमा निर्णायक हुन सक्ने अपेक्षा गरिएको छ।