Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शन हिंसात्मक, २० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १८ २०८२
  • 1.5K
    SHARES

एजेन्सी — पाकिस्तानमा आइतबार भएको अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन्।

कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावास बाहिर प्रहरीसँग झडप गरेका थिए। प्रदर्शनकारीहरू दूतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धले जनाएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रवक्ता हसन उल हसीवले बताएका छन्।

इस्लामाबादस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दूतावासहरू, इस्लामाबादस्थित दूतावास तथा पेशावरस्थित वाणिज्य दूतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी भइरहेको जनाएको छ। पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारको अनुगमन गर्न, भीडभाडबाट टाढा रहन र आफ्नो सुरक्षा सतर्कता बढाउन सल्लाह दिइएको छ।

यी प्रदर्शनहरू आयतोल्लाह अली खामेनीको हत्या पछिको प्रतिक्रियाका रूपमा भएका बताइएको छ। गत शनिबार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनीको हत्या भएको दाबी गरिएको छ।

लाहोरमा सयौं कार्यकर्ता अमेरिकी वाणिज्य दूतावास बाहिर जम्मा भएका छन् भने प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। इस्लामाबादमा अधिकारीहरूले सेक्शन १४४ लागू गर्दै सबै प्रकारका भेलामा प्रतिबन्ध लगाएका छन्। उल्लङ्घनकर्तामाथि कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४