Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश विकासका लागि ठोस आर्थिक मोडेल र राजनीतिक शुद्धीकरण आवश्यक : विश्वप्रकाश शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदम चाल्न आवश्यक रहेको बताएका छन्।

सोमवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पसहित अघि बढ्ने उल्लेख गरे।

बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि मुआब्जा वितरणको काम लगभग सकिए पनि निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपीपी (सरकार, डायस्पोरा र निजी क्षेत्र) मोडेल अघि सारे। विदेशमा रहेका नेपालीले १ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म लगानी गर्न सक्ने र त्यसबाट १२०० मेगावाट विद्युत् उत्पादनसँगै पर्यटन र माछा उत्पादनका सम्भावना जोडिने उनको भनाइ छ।

नेपालमा श्रम संस्कृतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले विकास निर्माणका काम ८–८ घण्टाको तीन सिफ्टमा सञ्चालन गर्न सके ३ वर्ष लाग्ने काम १ वर्षमै सक्न सकिने र लागत पनि घट्ने दाबी गरे। अस्पताल, सडक र पुल निर्माणका काम राति पनि गराउनुपर्ने उनको प्रस्ताव छ।

शर्माले काँग्रेसभित्र भ्रष्टाचारविरुद्ध कडा नीति अपनाउने घोषणा गर्दै कुनै पनि तहका नेता वा कार्यकर्ताविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ सदस्यता निलम्बन गरिने बताए। अख्तियारमा राजनीतिक प्रभावभन्दा विशेषज्ञता र पारदर्शिताका आधारमा नियुक्ति गर्नुपर्नेमा पनि उनले जोड दिए।

नेतृत्व हस्तान्तरणका लागि नयाँ व्यवस्था आवश्यक रहेको बताउँदै उनले एक पटकभन्दा बढी राष्ट्रपति, दुई पटकभन्दा बढी प्रधानमन्त्री, तीन पटकभन्दा बढी मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे।

चितवनका तीनवटै क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई जिताउन अपिल गर्दै उनले जनताको मतले गगन थापालाई प्रधानमन्त्री बनाउन योगदान गर्ने बताए। युवा र अनुभवको संयोजनबाट काँग्रेसले देश परिवर्तन गर्न सक्ने दाबीसमेत उनले गरे।

बारम्बार एउटै अनुहार प्रधानमन्त्री भइरहने तथा निर्वाचित पद बीचमै छाडेर अर्को पदका लागि दौडिने प्रवृत्तिमाथि नैतिक प्रश्न उठाउँदै उनले नेतृत्व जमेको पोखरी नभई बगिरहेको नदीजस्तो हुनुपर्ने तर्क गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४