Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ६८ दल दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ६ २०८२
  • 2.3K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । प्रवक्ता भट्टराईले हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको छ ।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उनले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गरे ।

उनले भने– ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो । मंगलवारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसकेको अवस्था छ । आजको दिनमा आयोगमा दर्ता कायम भएका दलहरुको संख्या १३२ हो । बुधवार कार्यालयभित्र निर्वाचन प्रयोजको लागि दल दर्ता गर्ने समय बाँकी छ । बाँकी समयमा अरु बाँकी दलहरु पन निर्वाचन प्रयोजनको लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।’

प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताए ।

विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहति वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४