Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिटको सुनुवाइका लागि पेसी तोकियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २० २०८२
  • 2.6K
    SHARES

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासमा यस संवेदनशील मुद्दाको सुनुवाइ हुने भएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको परिधिबाहिर गई पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले उक्त रिट दायर गरेका थिए । रिट निवेदनमा खतिवडाले वर्तमान संविधानअनुसार पूर्व प्रधानन्यायाधीशजस्तो व्यक्ति प्रधानमन्त्री बन्न नमिल्ने स्पष्ट पारेका छन् । निवेदनमा राष्ट्रपतिले संविधानको पालना नगरेको र यस अवस्थामा नेपाली सेनासमेत जिम्मेवार रहेको औँल्याइएको छ ।

साथै, राजनीतिक दलहरू, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमेतलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा उल्लेख भएअनुसार, २०८२ भदौ २७ मा राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भई धारा ८० बमोजिम शपथ लिएकी सुशीला कार्कीको नियुक्तिमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६ र १३२ (२) को ठाडो उल्लङ्घन भएको दाबी गरिएको छ । यस नियुक्तिलाई बदरभागी बनाउनुपर्ने रिटमा माग गरिएको छ।

डा. खतिवडाले रिट निवेदनमा राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने कुनै अधिकार नभएको जिकिर गरेका छन् । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने अधिकार नदिएको र संविधानले राष्ट्रपतिलाई संविधानको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउने वा संविधानको कुनै धारालाई निष्क्रिय वा उल्लङ्घन गर्ने छुट अधिकार वा विशेषाधिकार प्रदान नगरेको रिटमा स्पष्ट पारिएको छ ।

साथै, संविधानको धारा ३०५ मा गरिएको बाधा अड्काउ फुकाउने अधिकारको प्रयोग गर्ने समयावधि पहिल्यै समाप्त भइसकेको अवस्थामा ‘आवश्यकताको सिद्धान्तको सहारा लिन नमिल्ने’ रिटमा उल्लेख छ । यस मुद्दाको सुनुवाइले नेपालको संवैधानिक अभ्यासमा नयाँ मोड ल्याउने र भविष्यका लागि महत्त्वपूर्ण नजिर स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४