Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार भट्टराईलाई युवा संघका नेताको ज्यान मार्ने धम्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १२ २०८२
  • 5.5K
    SHARES

काठमाडौं । युवा संघ नेपालका केन्द्रीय सदस्य मंगल बहादुर थापाले पोष्टखबर डटकमका सम्पादक प्रदिप भट्टराईलाई ज्यान मार्ने धम्की दिएका छन् ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रतिष्ठानका सदस्य तथा सम्पादक भट्टराईलाई युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका मंगल बहादुर थापाले ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रतिष्ठानका सदस्य तथा पोष्टखबर डटकमका सम्पादक प्रदिप भट्टराईलाई युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका मंगल बहादुर थापाले दिएको ज्यान मार्ने धम्कीप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमार्फत महासंघले पत्रकार भट्टराईलाई दिइएको ज्यान मार्ने धम्की प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य(मान्यतामाथिको गम्भीर हमला भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता क्रियाकलाप प्रेस स्वतन्त्रताको खिल्ली उडाउने गैरजिम्मेवार, आपराधिक र निन्दनीय कार्य हुन्।

महासंघले पत्रकारलाई ज्यान मार्ने धम्की दिने कार्यप्रति भर्त्सना गर्दै राज्य संयन्त्र र जिम्मेवार निकायलाई यस्ता कार्यमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारको सुरक्षामा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पार्दै प्रेस तथा पत्रकारमाथि हुने आक्रमणलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४