Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो: भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ३० २०८३
  • 76
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै त्यसलाई संसद्मा विस्तृत छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताइन् ।

थापाले भूमि सम्बन्धी कानुन निर्माण गर्दा संसद्को सार्वभौम अधिकार र संसदीय प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । अध्यादेश जारी गरेर कानुन संशोधन गर्नुभन्दा सम्बन्धित विधेयक संसद्मा प्रस्तुत गरी दफावार छलफलमार्फत निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।

कानूनमन्त्री सोविता गौतमको भूमिकामाथि प्रश्न उठाउँदै थापाले विगतमा आफैँले उठाएको संशोधनको एजेन्डा अहिले सरकारमा रहँदा फरक रूपमा प्रस्तुत हुनु विरोधाभासपूर्ण रहेको टिप्पणी गरिन् ।

‘अहिलेको हाम्रो वर्तमान कानूनमन्त्रीज्यू आफैँले हिजो राख्नुभएको संशोधन हिजो राम्रो, हिजो राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने कुराहरू पनि यहाँ धेरै कुरा उब्जिएको छ,’ उनले भनिन् ।

थापाले कांग्रेसले यसअघि पनि भूमि सम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराइन् । त्यतिबेलादेखि नै अध्यादेशको सट्टा संसद्मा छलफल गरेर कानुन निर्माण गर्नुपर्ने पार्टीको अडान रहेको उनले स्पष्ट पारिन् ।

‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा खेरी पनि नेपाली काँग्रेसले त्यतिबेला यसको विरोध नै जनाएको थियो । यसलाई दफावार रूपमा छलफलमा ल्याएर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी त्यतिबेला पनि अडिग थियौँ र आज पनि नेपाली काँग्रेस यही अडानमा छ,’ थापाले भनिन् ।

उनले भूमि सम्बन्धी अध्यादेशका प्रावधानमाथि संसद्मा पर्याप्त छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने बताउँदै संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेर कानुन निर्माण गर्न नहुने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४