Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण र जग्गा विवादमा अनुसन्धान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०८२
  • 798
    SHARES

काठमाडौं — दीपक खड्का लाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

उहाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार बिहान काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख मानेज केसी का अनुसार खड्कालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

प्रहरी स्रोतका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यससँगै उहाँ लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत मुछिएका छन्, जसले पछिल्लो समय थप चर्चा पाएको थियो।

यसैबीच, गत भदौ २३ गते भएको जेनजी आन्दोलन का क्रममा खड्काको निवासमा आगजनी भएको थियो। सो घटनापछि सामाजिक सञ्जालमा ‘पैसा उडेको’ भनिएको भिडियो व्यापक रूपमा भाइरल भएको थियो, जसले उक्त प्रकरणलाई थप विवादास्पद बनाएको छ।

प्रहरीका अनुसार उक्त भिडियो र घटनासँग जोडिएका विभिन्न पक्षहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ। सम्भावित अवैध आर्थिक गतिविधि र सम्पत्ति स्रोतबारे गहिरो छानबिन भइरहेको जनाइएको छ।

हाल खड्कालाई हिरासतमा राखेर बयान लिने तथा आवश्यक प्रमाण संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ। अनुसन्धानको निष्कर्षपछि थप कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

यस घटनाले नेपाली राजनीतिक वृत्तमा पुनः तरंग ल्याएको छ। एक प्रभावशाली नेतामाथि सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर आरोपमा अनुसन्धान सुरु हुनु चासोका साथ हेरिएको छ भने आगामी दिनमा यस प्रकरणले थप नयाँ तथ्यहरू सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४