Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा निर्वाचन आउन २६ दिन बाँकी : आचारसंहिता उल्लङ्घनमा ३४ उम्मेदवारसँग स्पष्टीकरण, १० जनाको जवाफ बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २५ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब २६ दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको तयारी तीव्र भइरहेका बेला आचारसंहिता उल्लङ्घनका घटनामाथि निर्वाचन आयोगले निगरानी बढाएको जनाएको छ।

निर्वाचन आयोगका अनुसार आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा ३४ राजनीतिक दल तथा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधिएको थियो। तीमध्ये २४ उम्मेदवारले आफ्नो जवाफ बुझाइसकेका छन् भने अझै १० जनाको जवाफ आउन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना सुनिश्चित गर्न प्राप्त उजुरीहरूको आवश्यक जाँचबुझ गर्दै कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ। उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालन गरिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ। उनीहरूलाई आर्थिक बाहेकका अन्य विषयमा अनुगमन गर्ने अधिकार प्रदान गरिएको आयोगले जनाएको छ।

त्यसैगरी आर्थिक विषयको अनुगमनका लागि जिल्लामा प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा यसको पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगको दाबी छ।

जिल्लास्तरबाट प्राप्त आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमाथि आवश्यक कारबाही भइरहेको आयोगले स्पष्ट पारेको छ। निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने आयोगको तयारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४