Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आचारसंहिता उल्लंघन गर्ने २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २४ २०८२
  • 2K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आचारसंहिता उल्लंघनका घटनामा कुनै पनि प्रकारको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । आयोगले निर्वाचन प्रक्रियाको विश्वसनीयता कायम राख्न आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको भन्दै उल्लंघन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको हो ।

शुक्रवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि आयोगले सक्रियता बढाएको जानकारी दिए । उनका अनुसार निर्वाचनको माहोल बढ्दै जाँदा विभिन्न तहबाट उजुरी आउने क्रम पनि बढेको छ, तर पछिल्लो समय जिल्ला तहबाटै उजुरी दर्ता र फस्र्यौट हुने व्यवस्था प्रभावकारी बन्दै गएकोले केन्द्रमा उजुरीको चाप केही घटेको छ ।

प्रवक्ता भट्टराईले हालसम्म ३४ वटा राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता उल्लंघन सम्बन्धी स्पष्टीकरण सोधिएको जानकारी दिए । तीमध्ये २४ वटा दल वा उम्मेदवारबाट लिखित जवाफ प्राप्त भइसकेको उनले बताए । प्राप्त स्पष्टीकरणहरूको अध्ययन तथा विश्लेषण गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक निर्णय लिने तयारी भइरहेको उनले उल्लेख गरे ।

निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूको तथ्याङ्क प्रस्तुत गर्दै भट्टराईले हाल ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्ह अन्तर्गत कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जानकारी दिए । तीमध्ये महिला उम्मेदवारको संख्या १ हजार ७७२ रहेको छ भने पुरुष उम्मेदवार १ हजार ३६३ जना रहेका छन् । आयोगका अनुसार विशेषगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ पुरुषको तुलनामा महिला उम्मेदवारको सहभागिता बढी देखिएको छ, जसलाई महिला राजनीतिक सहभागिता बढ्दो संकेतका रूपमा हेरिएको छ ।

आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन आवश्यक सुधारका काम निरन्तर अघि बढाइरहेको जनाएको छ । निर्वाचनको स्वच्छता कायम राख्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सर्वसाधारण सबैले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगको जोड छ ।

प्रवक्ता भट्टराईले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको विश्वसनीयता जोगाउन सबै पक्षको जिम्मेवारी रहेको बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गर्दै आयोग आवश्यक सहजीकरण र निगरानीमा सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४