Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेसमा उल्झन : ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखले गरिन् बदर 


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २९ २०८२
  • 3.7K
    SHARES

काठमाडौं । मधेस प्रदेशको राजनीतिमा यतिबेला नयाँ तरंग सिर्जना भएको छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बिहीबार पाँच जना प्रदेश सांसदलाई पदमुक्त गर्ने गरी गरेको निर्णयलाई उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन् ।
सभामुख मण्डलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँच जना सांसदलाई लगातार दश वटा बैठकमा अनुपस्थित भएको कारण देखाउँदै पदमुक्त गरेको सूचना जारी गरेका थिए । मण्डलको यो कदमलाई प्रतिशोधपूर्ण र अलोकतान्त्रिक भन्दै आलोचना भइरहेको थियो ।
यद्यपि, सभामुखको उक्त निर्णय लामो समय टिक्न पाएन । त्यसलगत्तै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना जारी गर्दै सभामुख मण्डलको निर्णयलाई बदर गरिदिइन् । उपसभामुख राउतले जारी गरेको सूचनामा सभामुख मण्डलविरुद्ध ‘पद अनुकूल आचरण नगरेको’ भन्दै महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त हुने जिकिर गरिएको छ । यो अवस्थामा सभामुखले गरेको कुनै पनि निर्णय स्वतः निष्क्रिय हुने उपसभामुखको भनाइ छ ।
उपसभामुखको यो कदमले मधेस प्रदेश सभामा दुई समानान्तर शक्ति केन्द्र सिर्जना भएको विश्लेषण गरिएको छ । एकातर्फ सभामुख मण्डल आफ्नो अधिकार प्रयोग गर्दै सांसदहरूलाई पदमुक्त गर्ने प्रयासमा छन् भने अर्कातर्फ उपसभामुख राउतले उनको निर्णयलाई खारेज गर्दै संवैधानिक संकटको अवस्थालाई थप जटिल बनाएकी छन् । अहिले मधेस प्रदेशको राजनीतिक माहोल निकै तातिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४