Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २० २०८१
  • 3.2K
    SHARES

काठमाडौं । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् ।

जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने ती दलहरुले तयारी गरेका हुन् ।

गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो । एकीकृत समाजवादीसमेत सकारात्मक भएपछि नयाँ सरकार गठनको लागि अघि बढेको एक सांसदले बताए । त्यसमा लोसपा र अन्य १–१ सिटको दलहरुसहितको बहुमत पेश गर्ने तयारी भएको स्रोतको दाबी छ ।

यद्यपि लोसपा अहिलेसम्म अलमलमै छ । लोसपा नमिलेपनि एकीकृत समाजवादीको सहभागिताले सरकार बन्ने निश्चितजस्तै छ ।

१०७ सदस्य मधेश प्रदेश सभामा सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीमध्ये एउटालाई मात्र जोडेपनि सरकारको लागि आवश्क पर्ने बहुमत संख्या ५४ पुग्छ ।

लोसपाका संसदीय दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएर निलम्बित छन् ।

यस्तो अवस्थामा १०६ प्रदेश सांसदमा एमालेकै सभामुख रहेकाले अन्तिम अवस्थामा उनको मत पनि निर्णायक हुने देखिन्छ ।

३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन् ।

बहुमतसहित ध्यानाकर्षण पत्र बुझाए मुख्यमन्त्री यादव विश्वासको मत नलिँदै नैतिकताको आधारमा राजिनामा दिन दबाब पुग्ने उनीहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४