Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २६ २०८२
  • 5.6K
    SHARES

काठमाडौँ । राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिइन् ।

सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा जसमा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ । सचिव कँडेलकै अनुसार हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् ।

निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरु बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ ।

गत आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी एक हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विगत झैँ आगामी दिनमा पनि महिला अधिकारका क्षेत्रमा सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४