Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २ २०८२
  • 3.7K
    SHARES

काठमाडौँ । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुदैँ आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ’, पूर्ण बैठकले भनेको थियो, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ । जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४