काठमाडौँ – नेपाल–भारतको खुला सीमा पछिल्लो समय आपराधिक गतिविधिको प्रमुख प्रवेशद्वार बन्दै गएको गम्भीर तथ्य फेला परेको छ। प्राप्त विवरणअनुसार, बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको बेतियास्थित, पानि ट्यांकी लिबेटी सिनेमा हल नजिक कालिबाग–१ मा बसोबास गर्ने नक्खी खानका साइला छोरा मोहम्मद नसिमले २०६५ सालमा महोत्तरी जिल्ला (साबिक पर्सादवाड गा.वि.स–१) बाट क्रिते नागरिकता लिएका थिए।
यसपछि नक्खी खान आफ्ना छ छोरासहित काठमाडौं तारकेश्वर आएर कपडा सिलाइ पसल सञ्चालन गर्न थाले। सुरुमा सामान्य जीविकोपार्जनमा सीमित परिवारले २०७२ सालदेखि अदृश्य श्रोतबाट अकुत सम्पत्ति आर्जन गर्दै, उपत्यकाका विभिन्न क्षेत्रमा पसल खोल्ने, जग्गा–जमिन जोड्ने र ठूला रकमको कारोबार गर्ने कार्य थालेको प्रमाण भेटिएको छ।
राजधानीमै अवैध कारोबारको जालो
प्राप्त विवरणअनुसार नक्खी खानका छोराहरूले काठमाडौंको असन, न्युरोड, भोटाहिटी, भेडासिंह, बालाजु, महाराजगञ्ज, कलंकी र चन्द्रागिरी नगरपालिका–१ सम्म ठूला रकम खर्च गरेर क्रिते नागरिकता लिएको पाइएको छ। नेपालका नागरिक सरह बनेपछि उनीहरूले लुटपाट, अवैध कारोबार, अकुत सम्पत्ति आर्जन र आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ।
आन्दोलन र हिंसात्मक गतिविधिसम्म संलग्नता
स्रोतका अनुसार पछिल्लो समय भएको जिन्जी आन्दोलनमा भारतीय बिहारियाहरूको प्रत्यक्ष संलग्नता प्रमाणसहित पुष्टि भएको छ। उनीहरूले सिंहदरबारसहितका संवेदनशील सरकारी निकायहरूमा आगजनी गरेका, आन्दोलनका क्रममा प्रमाणहरू नष्ट गर्ने षड्यन्त्रमा समेत संलग्न रहेको पाइएको छ। यस्ता घटनापछि केही समूह खुशी भएको तथ्यले भारत–नेपाल सीमाबाट आउने आपराधिक प्रभाव झनै गम्भीर भएको देखाउँछ।
भ्रष्टाचार र गैरकानुनी नागरिकता वितरण
नेपालका विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट सिफारिस लिई भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी नागरिकता वितरण भइरहेको प्रमाण पनि प्राप्त भएको छ। नक्खी खान र उनका परिवार त केवल उदाहरणीय पात्र मात्र हुन्। यस्ता घटनामा संलग्न हुने व्यक्तिहरूको संख्या सयौं मात्र नभई हजारौंमा पुग्ने तथ्य विभिन्न स्रोतहरूले पुष्टि गरेका छन्।
अनुसन्धान र कारबाहीको माग
यस विषयमा जन आवाज मिडिया हब, जन प्रहार डटकम, त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक, जन आवाज अनलाइन टेलिभिजन र जन प्रहार टेलिभिजन सक्रिय अनुसन्धानमा जुटेका छन्। संकलित प्रमाणहरू सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
विशेषज्ञहरूको भनाइ
विशेषज्ञहरू भन्छन्—
अवैध रूपमा नागरिकता लिने,
आपराधिक गतिविधि सञ्चालन गर्ने,
अकुत सम्पत्ति आर्जन गर्ने
जस्ता व्यक्तिहरूमाथि तत्काल कडा कारबाही हुनुपर्छ। साथै, अवैध सम्पत्ति राज्यको नाममा राष्ट्रियकरण गर्नुपर्ने माग बढ्दो छ।
निष्कर्ष
नेपाल–भारतको खुला सीमा व्यवस्थापनमा देखिएको कमजोरी, नागरिकता वितरण प्रक्रियामा व्याप्त अनियमितता र निगरानी प्रणालीको खाडलकै कारण विदेशी आपराधिक समूहहरू नेपालमा मौलाउँदै गएका छन्। यसरी निरन्तर बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न—
सीमा सुरक्षालाई कडा पार्नु,
नागरिकता वितरण प्रक्रियामा पारदर्शिता ल्याउनु,
गैरकानुनी सम्पत्ति आर्जन गर्ने समूहलाई तत्काल कारबाही गर्नु
जरुरी देखिन्छ।