Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको मुद्दामा सहकारी छानबिन समितिको प्रतिवेदन झिकाउन आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १९ २०८२
  • 5.8K
    SHARES

काठमाडौं । संगठित तथा सहकारी ठगी आरोपमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत पाटनले सहकारी छानबिन समितिको प्रतिवेदन माग गरेको छ ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले लामिछानेसहित छविलाल जोशी र माया राईको नाम उल्लेखित मुद्दामा संसदको सहकारी रकम अपचलनसम्बन्धी समितिले तयार पारेको प्रतिवेदनको प्रतिलिपि पेश गर्न उच्च सरकारी वकिल कार्यालय, पाटनलाई आदेश दिएको हो ।

रास्वपा सभापति लामिछाने हाल नख्खु कारागारमा रहेका छन् । उनलाई स्वर्णलक्ष्मी सहकारीमार्फत सङ्गठित रूपमा ठगी गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले गत माघ २ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमार्फत लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए ।

उक्त मुद्दासँग सम्बन्धित अन्य प्रतिवादीहरू प्रदीप लामा, किरण पुडासैनी, वीरबहादुर रानाभाट, शान्तिकुमारी सुवेदी, शिवप्रसाद पौडेल, कल्याणकुमार घिमिरे, राज बराल, रोमन काफ्ले, पुष्पराज पौडेल र कुमार रम्तेलका हकमा पनि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम निवेदन परेको छ वा छैन भन्नेबारे अभिलेख हेरी विवरण पेस गर्न आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४