Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षा र बाढीपहिरोको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २४ २०८२
  • 8K
    SHARES

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै बाढीपहिरो तथा भू-क्षयबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान नजिकै रहेकाले जलवाष्पयुक्त हावाको प्रभाव देशभरि देखिएको हो । यसैको असरले बिहानैदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहेको छ भने केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरकै मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशहरूका पहाडी भूभागका केही स्थानका साथै अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहनेछ । यीमध्ये कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको पूर्वानुमान गरिएका प्रदेशहरूमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहने भएकाले नदी तटीय क्षेत्र तथा पहाडी सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ । वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट बच्न आवश्यक पूर्वतयारी गर्न र सजग रहन सर्वसाधारणलाई सूचित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४