Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सदस्यता नवीकरण नभएर पनि राजनीतिमा ‘रिइन्ट्री’ – केपी ओलीको ब्याट्री डाउन!”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ४ २०८२
  • 3.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको खुलासा गर्दै उचालेका भरमा सक्रिय राजनीतिमा नफर्किन चेतावनी दिएका छन् ।

शुक्रबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको सर्वोच्च र सम्मानित पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिमा फर्किने विषय गम्भीर भएको र यसबारे पार्टी कमिटीले विधिसम्मत निर्णय लिने स्पष्ट पारे । पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमनको चर्चाले पार्टीभित्र तरंग ल्याइरहेका बेला अध्यक्ष ओलीको यो भनाइ आएको हो ।

‘उहाँलाई पार्टीले दुई पटक राष्ट्रपतिमा पठाएको हो । अहिलेको संवैधानिक व्यवस्थाअनुसार सक्रिय राजनीतिमा फर्किनुहुन्न भन्ने विश्वाससहित जिम्मेवारी दिइएको थियो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । यसले उहाँप्रतिको विश्वासको प्रश्न उठाउँछ ।’

ओलीले भण्डारीको पार्टी सदस्यता हालसम्म नवीकरण नभएको र सदस्यता दिने वा नदिने निर्णय व्यक्तिले नभई पार्टी कमिटीले गर्ने बताए । ‘उहाँको सदस्यता नवीकरण भएको छैन । सदस्यताको निर्णय कमिटीले गर्छ । यो मेरो व्यक्तिगत धारणा हो,’ ओलीले स्पष्ट पारे ।

यद्यपि, ओलीले पत्रिका पढेर मात्रै यसबारे थाहा पाएको दाबी गरे पनि गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा स्वयं ओलीकै उपस्थितिमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको र सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । बिहीबार बसेको सचिवालय बैठकले समेत दशौँ महाधिवेशनपछि मात्रै सदस्यता नवीकरण गरेकी भण्डारीलाई विधान महाधिवेशनमा सहभागी हुन नदिने गरी प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।

बैठकमा अध्यक्ष ओलीले पार्टीमाथि संगठित हमला भइरहेका बेला भित्रैबाट ‘बबण्डर’ उठाउने प्रयास भएको भन्दै कडा असन्तुष्टि जनाए । ‘पार्टीभित्रको अराजकतालाई तत्काल रोक्नुपर्छ, नभए पार्टीले रोक्छ,’ उनले चेतावनी दिए । पार्टीको पद्धति र प्रक्रियाबारे बाहिर गएर बोल्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि देशको उच्च गरिमामय पदमा बसेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय भएको र यसबारे पार्टीले उचित निर्णय गर्ने अध्यक्ष ओलीले बताएको पुष्टि गरे । आफ्नो सम्बोधनका क्रममा ओलीले नेता कर्ण थापाको एक अभिव्यक्तिप्रति संकेत गर्दै भने, ‘कभर मात्र फरक पर्यो भनेर बोल्नुभयो । आखिरीमा कुरा कभरकै रहेछ, किन यो बबण्डर ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४