सिताराम घिमिरेको र रेखा पोखरेलको “बास्ना हरर” सार्सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा मोडल सिताराम घिमिरे र पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी गायिका रेखा पोखरेलको सुमधुर आवाजमा “बास्ना हरर” बोल्को गित सार्वजनिक भएको छ। उत गीत (अन्नत फिल्मस) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको शब्द, संगीत राजेन्द्र रावतले सिर्जना गरेका हुन्। गायक घिमिरे र गायिका पोखरेलको मिठासपूर्ण आवाजले गीतलाई अझ प्रभावशाली बनाएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ।
गीतको निर्माण अन्नत कुमारी घिमिरेले सम्हालेकी हुन् भने निर्देशन स्वयंम गायक सिताराम घिमिरेले गरेका छन्।
गीतले जिवनमा अनेकौं उतारचढाव आउँछन्, तर कहिल्यै हरेस खानु हुँदैन,कुरा काट्ने मानिसकोपछि लाग्नु हुँदैन् सकारात्मक बाटो हिड्नु पर्छ भन्ने सकारात्मक सन्देश दिएको छ। यो गीतलाई लिएर मोड्ल तथा गायक सिताराम घिमिरेको निकै प्रसंसा गरिएको छ ।