Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार महिनामा सकियो ‘बलिदान’को छायांकन, निर्देशक सेन भन्छन्- ‘रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौं’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका हुन् ।

शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो । निर्देशक सेनका अनुसार, ‘बलिदान’ लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । सेनले भने, ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट-हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक, र भावनात्मक रूपमा धेरै सङ्घर्ष गर्‍यौँ, तर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।’

निर्माण टोलीको मेहनतबारे बोल्दै उनले थपे, ‘चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौँ । यस चलचित्रको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।’

यो चलचित्र देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाइ छ । उनले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताउँदै भने, ‘आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौँ र छायाङ्कनको चरणलाई बिट मार्‍यौँ ।’

अब चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्‍याउँदै भने, ‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।’ यस चलचित्रको रिलिज मितिलाई लिएर दर्शकमा उच्च अपेक्षा रहेको छ ।

नेपाली चलचित्र उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । फिल्ममा उत्कृष्ट कलाकारहरूको सहभागिता, प्रविधिको उच्चतम प्रयोग, र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित चलचित्र बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायाङ्कन भएको र सबैभन्दा महँगो लगानीको चलचित्रको रूपमा पनि ‘बलिदान’लाई हेर्न सकिन्छ ।

यस चलचित्रमा पहिलो चलचित्र ‘१२ गाउँ’बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका दिग्गज कलाकारहरूको अभिनय रहनुले यो चलचित्रलाई थप विशेष बनाएको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ । चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

यस चलचित्रको लागि साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले सङ्गीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् ।  गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४