Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले गर्‍यो तीन अध्यादेश ल्याउने निर्णय, के-के समेटिए ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २७ २०८१
  • 2.5K
    SHARES

काठमाडाैं – सरकारले शुक्रबार राति ढिलो गरेर तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको हो ।

ती अध्यादेशहरूमा सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने, गैरआवासीय नेपाली (एनआरएन) नागरिकता, लगानी, र सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउन विभिन्न व्यवस्थाहरू समावेश गरिएको छ ।

सरकारको कार्यसम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ । अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको हो ।

गैरआवासीय नेपालीको सुविधा : गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउनेछन् । उनीहरूले अब नेपालमा कम्पनी दर्ता गर्न र सञ्चालन गर्न विदेशी लगानी अनुमति लिनु नपर्ने प्रावधान राखिएको छ । साथै एनआरएनले नेपालमा कम्पनी खोलेर कर्मचारी सेयरसम्बन्धी स्पष्ट कानुनी व्यवस्थाको पनि प्रस्ताव गरिएको छ ।

श्रमिक र सरकारी कामकाजमा सुधार : श्रमिकहरूको अनिवार्य अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याइएको छ । नेपाल सरकारको कार्यसम्पादन छरितो बनाउन ७ दिनभित्र निर्णय लिनुपर्ने व्यवस्था गरिएको छ । यदि तोकिएको समयसीमा भित्र निर्णय भएन भने सम्बद्ध अधिकारीलाई कारबाही गरिनेछ ।

सामाजिक सुरक्षा र शिक्षामा सुधार : सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य गरिँदै जानेछ । निवृत्तिभरण कोषमा शिक्षकहरूलाई समावेश गर्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।

कसुरजन्य सम्पत्ति र कानुनी सुधार : कसुरजन्य सम्पत्ति र अपराधमा प्रयोग भएका साधन जफत गर्ने प्रावधान लागू गरिनेछ । पुनरावेदन गर्दा बिगो वा जरिवाना धरौटी राख्न नसक्नेहरूका लागि सुरुमा बिगोको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था गरिएको छ ।

राजस्व र विशेष आर्थिक क्षेत्र : तीन करोडसम्मको राजस्व विवादमा अब राजस्व चुहावट अनुसन्धान विभागले निर्णय गर्न सक्नेछ । राजस्व चुहावट मुद्दामा जरिवाना र बिगो तिरेमा मिलापत्र गर्न सकिने व्यवस्था गरिएको छ । विशेष आर्थिक क्षेत्रभित्र उत्पादनमूलक उद्योगसँगै सेवामूलक उद्योग स्थापना गर्न पनि अनुमति दिइनेछ ।

नयाँ आर्थिक सम्भावना र योगमाया विश्वविद्यालय : योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन सम्बन्धी कानुन संशोधन गरी संस्थागत सुधारको प्रयास गरिएको छ । नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न, शाखा कार्यालय खोल्न र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको छ ।

सार्वजनिक सेवा प्रवाहमा डिजिटल रूपान्तरण : सेवा प्रवाहमा नागरिक एपको प्रयोगलाई कानुनी मान्यता दिइएको छ । यसले सरकारी सेवा लिन प्रक्रिया छरितो बनाउने अपेक्षा गरिएको छ । सरकारले ल्याएको यी अध्यादेशले प्रशासनिक सरलता, लगानी मैत्री वातावरण र नागरिक सुविधामा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४