Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविका वकिलको तर्क- भागेर कहीँ जाने मान्छे होइन, तारेखमा छाड्दा हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २४ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा मंगलबार कास्की जिल्ला अदालतमा बहस सकिएको छ । रविका कानुन व्यवसायीहरूले उनलाई तारेखमा छोडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले लामिछानेको रिहाइको तर्क राखे । उनले रविलाई चौथो ठूलो पार्टीका प्रतिनिधिको रूपमा प्रस्तुत गर्दै भने, ‘११ लाखभन्दा बढी जनताले विश्वास गरेर मत दिएका व्यक्ति भाग्न सक्दैनन्, अदालतको आदेश उल्लंघन गर्ने सम्भावना छैन । तसर्थ, तारेखमा छाडेर कानुनी प्रक्रिया अगाडि बढाउनु पर्छ ।

कानुन व्यवसायीहरूको तर्क थियो कि रविमाथि राजनीतिक प्रतिशोधको आधारमा मुद्दा लगाइएको छ । वरिष्ठ अधिवक्ता घिमिरेले रवि सहकारीमा संलग्न नभए पनि अभियोग लगाइएको दाबी गरे । ‘दुराशयपूर्ण रूपमा मुद्दा बनाइएको छ, जसले कानुनी आधार र प्रक्रियालाई पनि बेवास्ता गरेको छ,’ उनले भने ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी विभिन्न दफामा ३० करोडभन्दा बढी बिगो दाबी गरेको छ ।

रविका कानुन व्यवसायीहरूले सोमबार र मंगलबार गरी कुल ११ जना अधिवक्ताहरूले बहस गरे । सबैले लामिछानेलाई राजनीतिक रूपमा फसाइएको र मुद्दामा कुनै कानुनी आधार नभएको जिकिर गरे । अधिवक्ता राजेन्द्र सेढाईंले भने,यो मुद्दा सरकारको बदनियतको परिणाम हो । रविले भाग्ने, अदालतमा नआउने जस्ता कुनै व्यवहार देखाएका छैनन् ।

सहकारी बचत अपचलनका विषयमा संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसैको आधारमा गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट रविलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४