Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचन : रास्वपाले १८ स्थानमा दिएन उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ३ २०८१
  • 3K
    SHARES

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएको छैन । रास्वपाले कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा उम्मेदवारी नदिएको हो ।

ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

यसैगरी कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले उम्मेदवारी दर्ता गराएको छैन । कीर्तिपुरको मेयर पदका लागि नगर सभापति जयराम कार्कीको नाम सिफारिस हुँदा पनि रास्वपाले उम्मेदवारी दिएन ।

रास्वपा नेतालाई प्रश्न -उपनिर्वाचनमा उम्मेदवार नपाएको हो ?

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ र १ का अध्यक्ष, रौतहटको इशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ तथा गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदमा पनि रास्वपा उम्मेदवारविहीन छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष र दार्चुलाको दुहुँ गाउँपालिका ५ को वडाध्यक्ष पदमा पनि रास्वपाले उम्मेदवारी दिएको छैन ।

निर्वाचन आयोगका अनुसार, उपचुनाव हुने गाउँपालिका-नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै गाउँपालिका-नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४