Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ह्रस्व दीर्घ’को सुखद् ओपनिङ प्रक्षेपण, ‘पूर्णबहादुरको सारङ्गी’ अझै आक्रामक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । देशभरका झण्डै १५० शोबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्मले पाएको यो शो संख्या उत्साहजनक हो ।

शुक्रबार दिउँसो मध्यान्हसम्म फिल्मको देशव्यापी अकुपेन्सी ४० देखि ५० प्रतिशत छ । अपरान्ह र बेलुकीका शोको अकुपेन्सीमा क्रमशः वृद्धि भइरहेको देखिन्छ । विशेषगरी काठमाडौंसहितका प्रमुख सहरका मल्टिप्लेक्सको अकुपेन्सी बेलुकापख शतप्रतिशत हुने अनुमान गर्न सकिन्छ ।

शुक्रबारदेखि अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को प्रदर्शन रोकिएपछि यसको फाइदा ‘ह्रस्व दीर्घ’को शोमा पुगेको देखिन्छ । अब नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्मको प्रमुख चुनौती भनेको प्राप्त भएको शोलाई अकुपेन्सीमा बदल्नु हो । यसको स्पष्ट आकार शनिबारदेखि क्रमशः देखिन सक्छ ।

नेपाली र भारतीय कलाकारले अभिनय गरेको यो फिल्मको रनटाइम १५५ मिनेट र सर्टिफिकेट पीजी छ ।

‘पूर्णबहादुरको सारङ्गी’ अझै आक्रामक

‘पूर्णबहादुरको सारङ्गी’को कमाइ अहिले पनि आक्रामक छ । शुक्रबार शो संख्या र अकुपेन्सीमा केही गिरावट आएपनि फिल्मले आज डेढ करोड कमाउने निश्चित छ । फिल्मले शुक्रबार देशव्यापी ३५० देखि ३७० हाराहारीमा शो पाएको छ ।

विजय बराल स्टारर फिल्मले तेस्रो सप्ताहन्त पनि उछाल कमाइ गर्ने देखिन्छ । यो सप्ताहन्त यस फिल्मका लागि किन महत्वपूर्ण छ भने शनिबारसम्म ३० देखि ३१ करोड ग्रस कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४