Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविलाई सरकारी वकिलको कार्यालय रुपन्देही लगियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २८ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई दोस्रो दिनको बयानका लागि रुपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । उनलाई बुटवलमा सुप्रिम सहकारी घोटाला प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट सरकारी वकिलको कार्यालय ल्याइएको हो ।

लामिछानेलाई कास्कीबाट मंगलबार रुपन्देहीमा ल्याइएको थियो । उनीमाथि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेर दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ । मंगलबारको बयानका क्रममा लामिछानेले आफूले सहकारीको रकम नलिएको दाबी गरेका छन् ।

पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको थियो । बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ ।

सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ । प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो । लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए । पाँच सहकारी ठगीका मुख्य आरोपित जिबी राई भने फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४