काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो । बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो । समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो ।
यो खेलको विजेताले बुधबार उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ । नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।