Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत लोक सभा निर्वाचनको मत सर्वेक्षण– मोदीले ह्याट्रिक गर्ने निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २० २०८१
  • 3.5K
    SHARES

काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षण (एक्जिट पोल)का अलग–अलग नतिजाहरु सार्वजनिक भएका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।

विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण भनिए पनि उनीहरुले पाउने सिट संख्या भने फरक–फरक छ ।

भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ ।

नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ ।

भारतको दैनिक भाष्करले भने ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ ।

सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ ।

हेर्नुहोस्  भारतको लोक सभा निर्वाचनको मत सर्वेक्षण

न्यूज च्यानल/एजेन्सी एनडीए गठबन्धन इण्डिया गठबन्धन अन्य
इण्डिया टुडे ३६१–४०१ १३१–१६६ ८–२०
एबीपी ३५३–३८३ १५२–१८२ ४–१२
न्यूज २४ ४०० १०७ ३६
जन की बात ३६२–३९२ १४१–१६१ १०–२०
इण्डिया टिभी ३७१–४०१ १०९–१३९ २८–३८
टाइम्स नाउ ३५८ १५२ ३३
टिभी नाइन ३४६ १६२ ३५
रिपब्लिक भारत ३५३–३६८ ११८–१३३ ४३–४८
रिपब्लिक टिभी ३५९ १५४ ३०
इण्डिया न्यूज ३७१ १२५ ४७
न्यूज नेशन ३४२–३७८ १५३–१६९ २१–२३
न्यूज एट्टिन ३५५–३७० १२५–१४० ४२–५२
दैनिक भाष्करको ग्राउण्ड जिरो रिपोर्ट २८१–३५० १४५–२०१ ३३–४९

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४