Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बझाङमा नेपाली कांग्रेसले नेकपा एमाले उछिन्यो, अभिषेकलाई २६४ मतको अग्रता “मतसहित”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १७ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन् ।

सुरूआतदेखिनै नेकपा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए । अहिले भने उनी नेपाली कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका हुन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा नेपाली कांग्रेसका सिंहले सात हजार ४ सय ९२ मत ल्याएका छन् । उनलाई नेकपा एमाले उम्मेदवार भण्डारीले सात हजार २ सय २८ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

नेकपा माओवादीका उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन् ।

अहिलेसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गापा, थलारा गाउँपालिका ९ र सुर्मा गाउँपालिको मत गणना भएको छ ।

अब तल्कोट, साइपाल र मष्टा गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ । मष्टाको मतगणना सुरू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४