Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ : भुवन केसी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ९ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ ।

आइतबारबाट मकवानपुरमा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमबार मकवानपुरमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउनुभयो । उहाँले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताउनुभयो ।

अध्यक्ष केसीले नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताउनुभयो । उहाँले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सिनेमामा नेपाली सौन्दर्यताहरुर कैद गरेर ति दृश्यहरु प्रश्तुत गर्दा आन्तरिक र वाह्य पर्यटकहरु बढेको बताउनुभयो । उहाँले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गर्नुभयो । फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाउनुभयो । फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४