Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को रिलिज मिति तय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २४ २०८०
  • 12.7K
    SHARES

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म वैशाख १४ गतेदेखि हलमा रिलिज हुने भएको छ ।अधिकारीकै होम प्रोडक्सनमा बनेको यो फिल्ममा उनकै शीर्ष भूमिका छ । यसअघि मञ्चन भइसकेको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण भएको हो । नाटककै लेखक तथा निर्देशक सुलक्षण भारतीले यो कथानक फिल्मलाई निर्देशन गरेका हुन् ।

फिल्ममा केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बाँस्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले गर्ने शोषणको वरिपरि रहेर फिल्मको निर्माण भएको हो ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने उनको योजना छ । केकी स्वयं निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टी-फक फिल्म्स यो फिल्मलाई वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४