Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युद्धविराम प्रस्तावमाथि हमासले जवाफ फर्कायो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २४ २०८०
  • 4.3K
    SHARES

एजेन्सी । गाजापट्टीमा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावमाथि हमासले जवाफ फर्काएको छ ।

हमासको जवाफ सकारात्मक भएको बताइएपनि त्यसको विषय वस्तुमाथि केही खुलाइएको छैन । इजरायल, अमेरिका, कतार र इजिप्टले तयार पारेको सम्झौताको विवरण सार्वजनिक हुन बाँकी छ ।

अपुष्ट समाचार अनुसार यसपटक ६ हप्ताका लागि युद्धविराको प्रस्ताव गरिएको छ । युद्धविरामको समयमा दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदीबन्दीहरु साटासाट गर्नेछन् ।

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । हाल मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज यसबारे इजरायली अधिकारीहरूसँग छलफल गर्ने बताएका छन् ।

यो प्रस्ताव हमासलाई करिब एक हप्ता अघि पठाइए पनि हमासले मंगलवार मात्रै यसको जवाफ दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४