Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्कटल्याण्डमा भएको आगलागीमा नेपाली दिदी-बहिनीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १९ २०८०
  • 4.3K
    SHARES

बेलायत । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी नेपाली दिदी–बहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो ।

उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन् । आगलागीका कारण धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गएको एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डका अध्यक्ष डा. शिव तिवारीले जानकारी दिएका छन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो ।

आगलागी भएको थाहा पाउने बित्तिकै हतार–हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए । आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको बताइएको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झण्डै दुई दशकदेखि स्कटल्याण्डको एबर्डिनमा बस्दै आएको थियो । आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्थे । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा समुन्द्री तटमा काम गर्थिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४