पुष्कर खड्का
रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सन्चालक समितिको अध्यक्षमा उज्वल सुवेदी बिजयी भएका छन् ।
निर्वाचन प्रक्रियाबाट सत्ता गठबन्धनका उम्मेदवार नवराज घिमिरेलाई पराजित गर्दैै एमालेको एकल प्यानलका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेका सुवेदीले ६० मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार घिमिरेले ५५ मत पाएका छन् ।
सुवेदी एमालेनिकट खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष समेत हुन् । संचालक समिति सदस्यहरुमा युबराज सुबेदी, दीपकराज प्रसाइ, रामचन्द्र अधिकारी, नविन केसी, साबित्रा घिमिरे काफले विजयी भएका छन् ।