Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा सदस्य उम्मेदवारको आज नामावली प्रकाशन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २६ २०८०
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरेपछि निर्वाचन आयोगले बिहीबार दिउँसो नामावली प्रकाशन गर्ने आयोगको तालिका रहेको छ ।

आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरेपछि आज नामावली प्रकाशन हुन लागेको हो । गत सोमबार राष्ट्रिय सभाका १९ सिटका लागि सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा नाम फिर्ता लिन चाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् । त्यसपछि शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४