Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २३ २०८०
  • 3.6K
    SHARES

काठमाडौै । दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छेु नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसलुमा रिलिज भएको छ ।

चलचित्र ‘चिसो मान्छे’ अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

चलचित्र ‘चिसो मान्छे’ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियोपसलका सह(संस्थापक नेहा कार्की बत्ताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर चलचित्र रिलिज गरिएको हो ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो चलचित्रमा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।

२०१७ देखि सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ लगायतका चलचित्रहरू रिलिज भई सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४