Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्छौं : विशेष अदालत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ७ २०८०
  • 3K
    SHARES

काठमाडौं । विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुदद असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताउनुभयो । उहाँले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असारमसान्तसम्म ५० प्रतिशत फछ्र्यौट गरिसक्ने कार्ययोजना रहेको बताउनुभयो ।

उपरजिस्ट्रार कार्कीले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताउनुभयो । उहाँले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताउनुभयो ।

उपरजिस्ट्रार कार्कीले जसमध्ये १२३ थान “२८.३४प्रतिशत” फछ्र्यौट भएको बताउनुभयो । उहाँले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताउनु भयो । विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पती आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पती शुद्धिकरणका मुद्दा २९ रहेको बताउनुभयो । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फछ्र्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फछ्र्यौट भएको उहाँको भनाइ छ ।

नयाँ तर्फ ५ महिनामा ११ थान फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फछ्र्यौट भएको बताउनुभयो । १३६ थान मुद्दा फछ्यौट गर्ने लक्ष्य निर्धाराण गरेकोमा ११८ थान फछ्र्यौट भएर (८६.७६ प्रतिशत) फछ्र्यौट भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरुको अनलाइन दर्ता शुरु गर्ने बताउनुभयो । उहाँले उहाँले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ शुरु गर्ने योजना अघि सारिएको बताउनुभयो ।

उहाँले अनलाइन दर्ता शुरु भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो वकीलबाट मुद्दाको सुनुवाई गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४