Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित पाकीस्तानी सेलिब्रेटी डाक्टर एलिया नेपाल भ्रमणमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 6.6K
    SHARES

काठमाडौँ । चर्चित पाकीस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी चिकित्साशास्त्रकी विद्यार्थी हुन् ।

चर्चित नेपाली गायक सुरेश लामाको टिकटक जोडीको रुपमा टिकटकमा आएर सुरेशको गायन र एलियाको अभिनय र साथको कारण नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय डा.एलिया साएव परिवारसहित नेपाल घुम्न तथा म्युजिक भिडियोमा अभिनय गर्न साथै आफ्ना नेपाली फ्यान फलोअर्ससँग भेट्न आएकी हुन् । नेपाली संगीत क्षेत्र र सुरेश लामालाई विश्व मञ्चमा पु¥याउने बताउँदै सोही अनुसार उनले साथ सपोर्ट गर्दै आएकी छन् ।

डा.एलिया नेपालीलाई अति नै माया गर्ने पाकिस्तानी सेलिब्रेटी हुन् । उनलाई एयरपोर्टमा सयौँको संख्यामा रहेका नेपाली समर्थकहरुले स्वागत गरेका थिए । डा.एलियाले नेपाली , पाकिस्तानी, बंगलादेशी, भारतीय समर्थक तथा फलोअर्स समेटेर अलरेस परिवार पनि बनाएकी छन् । जसमार्फत जाजरकोटका भुकम्पपीडितहरुका लागि रु बीस लाख भन्दा बढीको राहत सामग्री सदस्यहरु तथा सुरेश लामा आफैँ गएर बाँडेका थिए ।

अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । डा.एलियाको एएल र सुरेशको आरइएसएच शब्द जोडेर बनेको अलरेस परिवार चाँडै नै अलरेस इन्टरनेशनलको रुपमा विश्वभरी फैलिने क्रममा रहेको अलरेस परिवारका सक्रिय सदस्य तिर्थ आचार्यले बताएक छन् । 

नेपाललाई संगीतको माध्यामबाट विश्वभरी चिनाउने, एलियाले नेपाली प्रति देखाएको साथ सपोर्ट, माया र करुणालाई विश्व मानव जातिमा बाँड्ने उद्दश्यका साथ अघि बढेको अलरेस परिवारका अर्का सक्रिय सदस्य सुजेश लामाले बताए । डा.एलिया १५ दिन नेपाल रहने छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४