Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सलार’को एक्सनप्रधान ट्रेलर : शक्ति हत्याउन कट्टर दुश्मन बनेका घनिष्ठ साथीको कथा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । प्रभास र सुकुमारनको शीर्ष भूमिका रहेको भारतीय फिल्म ‘सलार : पार्ट वन सिजफायर’को एक्सनप्रधान दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म शुक्रबार नेपालमा समेत रिलिज हुँदैछ ।

‘केजीएफ’ फेम्ड प्रशान्त नील निर्देशित यो फिल्मले दुई घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणामको कथा पेश गर्छ । प्रशस्तै एक्सन दृश्य र संवेदना मिश्रित ट्रेलर ‘लार्जर द्यान लाइफ’ देखिन्छ । नयाँ ट्रेलरले दर्शकलाई खान्सार नामक अलग्गै संसारमा लैजान्छ । फिल्मको पहिलो भागमा सलार नामक पात्रको उदय भएको देखाइएको छ । क्यामेरा मुभमेन्ट र पार्श्वध्वनिले ट्रेलरलाई दर्शनीय तुल्याएको छ । निर्माताले यो ट्रेलरलाई फिल्मको ‘फाइनल पन्च’ बताएका छन् । फिल्ममा प्रभास र सुकुमारनलाई घनिष्ठ साथी हुँदै कट्टर दुश्मनको रुपमा बदलिएको कथा भनिएको छ । खान्सार सहरको प्रभुत्व कसले हासिल गर्ने भन्ने कुरामा यी दुई साथीबीच लडाइँ परेको देखाइएको छ ।

प्रभास स्टारर अघिल्ला फिल्महरु आदिपुरुष, साहो र राधेश्याम बक्स अफिसमा असफल भएका थिए । त्यसैले पनि यो फिल्म उनका लागि महत्वपूर्ण छ । सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४