Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन् २०२३ मा नेपालमा धेरै कमाइ गर्ने विदेशी फिल्म बनेको हो ‘एनिमल’ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३० २०८०
  • 4.3K
    SHARES

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’को तेस्रो शुक्रबारको नेपाल अकुपेन्सी ५० प्रतिशत हाराहारीमा छ । जुन तेस्रो सप्ताहन्तमा पनि यो फिल्मले कायम गरेको स्थिर अनुपात हो । शनिबार अकुपेन्सीको यो संख्यामा स्वभाविक रुपमा केही वृद्धि हुनसक्छ ।

फिल्मले दुई सातामा नेपालमा १० करोड रुपैयाँ ग्रसभन्दा बढी कलेक्सन गरेको अनुमान छ । चलचित्र विकास बोर्ड र वितरकले कमाइबारे बताएका छैनन् । फिल्मले दोस्रो सप्ताहन्तसम्म नेपाली बक्स अफिसमा शाहरुख खानको ‘पठान’को कमाइलाई उछिनेको विश्लेषण गरिएको छ ।

वितरक मनोज राठीले फिल्मको कमाइबारे हिसाब आउन बाँकी रहेको बताए । चलचित्र विकास बोर्डले त केही महिनादेखि बक्स अफिस बन्द गरेको स्थिति छ । तर अकुपेन्सी र ट्रेन्डको हिसाब हेर्दा कमाइबारे बुझ्न कठिन हुँदैन । जसअनुसार ‘एनिमल’को कमाइ सन् २०२३ मा ‘जवान’कै हाराहारीमा हुने देखिन्छ ।

यस वर्ष हलिउडको कमाइ विगतजस्तो नेपाली बक्स अफिसमा उछाल देखिएको छैन । जसले गर्दा बलिउडकै दबदबा यसपटक देखिएको छ । ‘एनिमल’ यस वर्षकै धेरै कमाउने विदेशी फिल्म बन्यो भने त्यो स्वभाविक हुन्छ ।

एनिमलले १४ दिनसम्म विश्वभर ७८४.४५ करोड भारु कमाइ गरेको छ । सोही अवधिमा भारतीय बक्स अफिसमा फिल्मले ४८१ करोड नेट कलेक्सन गरेको कोइमोइ डटकमले उल्लेख गरेको छ । फिल्म शनिबार पाँच सय करोड क्लबमा प्रवेश गर्ने प्रक्षेपण उक्त वेबसाइटले गरेको छ ।

एनिमलले बिहीबार मात्र भारतमा ९.५० करोड भारु कमाएको उल्लेख छ । भारतमा शनिबार मात्र १५ करोडको कमाइ हुने अनुमान छ । यदि यसो भयो भने रणवीर कपुरले भारतीय फिल्मको इतिहासमा कीर्तिमान रच्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४