Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ अंकसहित धनगढी शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २३ २०८०
  • 2.8K
    SHARES

काठमाडौँ । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिवार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौँ खेलमा शनिवार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो । अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको संकट टार्यो । यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ ।

समान खेलमा पोखरा थण्डर्सको पनि समान आठ अंक भएपनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो । यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अंकसहित छैटौँ स्थानमा छ ।

त्यसअघि धनगढीका रन्दीप पौडेलले १९औं मिनेटमा २० यार्ड टाढाबाट गरेको प्रहार अकासियो । २३औं मिनेटमा रोहन कार्कीले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार उत्कृष्ट बचाउ गरे ।

इलामका लागि २९औं मिनेटमा इब्राहिम जितेको उत्कृष्ट फ्रिकिक धनगढीका मोहमद ताहाले पन्च गर्दै बाहिर पठाइदिए । इलामका अमाथ एन्डअले ३७औं मिनेटमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । ४४औं मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो । अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे ।

पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल फर्कायो । नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे ।

त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो । भरत खवासले ४९औं मिनेटमा गरेको सट धनगढीका डिफेण्डरका खुट्टामा ठोकिए पनि गोलकिपर ताहाले सहजै रोके । इलामका ओमार ५५औं मिनेटमा धनगढीका गोलकिपर ताहा लडेको अवस्थामा गोल गर्न चुके ।

फोडे क्यामराको पासमा १० यार्ड टाढाबाट उनी गोल गर्न असफल रहे । चार मिनेटपछि कमल श्रेष्ठको फ्रिकिक माथिल्लो बार माथिबाट बाहिरिन पुग्यो । फोडे फोफनाले ६५औं मिनेटमा गोल गर्ने अवसर गुमाए ।

नजिकैबाट उनको हेडर पोस्टको दिशा लिन सकेन । धनगढीले ६९औं मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो । सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए ।

एक मिनेटपछि नै धनगढीका रोहनले बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेनन् ।

अहमद हिजाजीको पासमा उनी नजिकैबाट गोल गर्न चुके । उनको फितलो सट इलामका गोलकिपर समित श्रेष्ठले सहजै रोके । ७४औं मिनेटमा नवीन लामाले इलामको अग्रता बढाउने अवसर पाए । तर, उनको सट धनगढीका गोलकिपर ताहाले सफल हुन दिएनन् ।

८२ औं मिनेटमा इलामले फ्रिकिक अवसर पायो । एक मिनेटपछि नै ओलावाले आफिजको हेडरमार्फत धनगढी २–२ को बराबरीमा फर्कियो । फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे । इन्जुरी समयमा आफिजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार इलामका गोलकिपर समित श्रेष्ठले रोक्दै संकट टारे ।

अन्तिम समयमा अभिसेक गुरुङले दिएको पासमा रामचन्द्र वाजीको सट माथिल्लो बारमा लागेर फर्किँदा धनगढीले जित निकाल्ने अवसर गुमायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४