Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोकप फुटबल छनौटमा फ्रान्स र नेदरल्याण्ड्सको सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २२ २०८०
  • 3.9K
    SHARES

एजेन्सी । युरोकप फुटबलको छनौट खेलमा फ्रान्स र नेदरल्याण्ड्सले सहज जित निकालेका छन् ।

बिहीबार राती भएको समुह ‘बि’ को खेलमा फ्रान्सले गणतन्त्र आयरल्याण्डलाई २–० ले हराउँदा नेदरल्याण्ड्सले ग्रिसमाथि ३–० को जित निकाल्यो । यो समुहमा ५ खेलबाट फान्सले १५ अंक जोड्दा ३ खेलबाट ६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।

उता समुह ‘एच’ को खेलमा डेनमार्कले सान मारिनोलाई ४–० ले पराजित गर्दा स्लोभेनियाले नर्दन आयरल्याण्डमाथि ४–२ को जित निकाल्यो । गएरातिको खेलमा काजखस्तानलाई १–० ले हराएको फिनल्याण्ड यो समुहको शिर्ष स्थानमा रहेको छ । उसको ५ खेलबाट १२ अंक छ । समान खेलबाट १०/ १० अंक जोडेका डेनमार्क र स्लोभेनिया क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

युरोकप फुटबलकै अन्य खेलहरुमा पोल्याण्डले फारो आइल्याण्डलाई २–० ले हराउँदा हंगेरीले सर्वियामाथि २–१ को जित निकाल्यो । चेक रिपब्लीकले अल्कानियासँग १–१ गोलको बराबरी खेल्दा लिथुआनिया र मोन्टेनेग्रोले २–२ गोलको बराबरीमा चित्त बुझाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४