Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनौटमा नेपालको लगातार तेस्रो जित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १७ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एसिया छनौट खेल अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य पछाएको नेपाली पहिला टिमले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको भुटानकोले २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन मात्र बनाएको थियो ।

यो जितपछि नेपालले प्रतियोगितामा लगातार ३ जित हासिल गरेको छ । नेपालको समूह ए मा ३ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । नेपालले यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई पराजित गरेको थियो । भुटानको भने यो दोस्रो हार हो । यो खेलपछि भुटानको ३ खेलमा २ अंक रहेको छ ।

सेप्टेम्बर ९ सम्म सञ्चालन हुने यस एसिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ ।समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतियोगितामा नेपालले कतारविरुद्ध सेप्टेम्बर ४ मा र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४