Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“चर्चित लोक दोहोरी गायिका रमिला न्यौपानेको“के पर्छ के पर्छ”भिडियो सहित”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०८०
  • 13.2K
    SHARES

काठमाडौं । नजिकिएको तीजलाई लक्षित गरी चर्चित लोक दोहोरी गायिका रमिला न्यौपानेले “के पर्छ, के पर्छ” बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।

मान्छेलाई दुई दिन बाचुनजेल विभिन्न समस्या पर्ने गर्दछ । यसैलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । गायिका न्यौपानेले प्रत्येक वर्षको तिजको अबसरमा मौलिक खालका तिज गीत ल्याउने गरेकी छन् ।

यस वर्षको तिज गीत पनि मौलिकताले सजिएको छ । चर्चित लोक दोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वर रहेको छ ।
गीतमा खुमन अधिकारीको लय र बिक्रम बाबू बिश्वकर्माको शब्द रहेको छ । निकै मेहनतका साथ तयार पारिएको तिज गीत गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिनाको हो ।

करिब ९ मिनेट लामो यो भिडियोले दर्शकको मन खिच्ने विश्वास गरिएको छ । विक्रमबाबु विश्वकर्माले लेखेको शब्दमा गायक खुमनले नै संगीत भरेका छन् । गीतमा विश्वास नेपालले संगीत संयोजन तथा कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका हुन् । भिडियोमा दिपशा बिसी, विक्रमसिंह ठकुरी, नारायणी खत्री र रायन बस्याल फिचरिङको फिचर्ड छ । करण चैसिरले खिचेको भिडियो सम्पादन अमृत चापागाईंको हो ।

गायिका रमिला न्यौपानेको नयाँ तिज गीत कोसेली “के पर्छ के पर्छ” यसवर्ष को तिज पर्वको अबसर पारेर गायिका न्यौपानेले के पर्छ के पर्छ बोलको गीत ल्याएकी हुन् । गायिका न्यौपानेकै अफिसिफल युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतमा गायक खुमन अधिकारीले उनलाई गायनमा साथ दिएका छन्

गीतको पूरा भिडियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४