Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद सुनिल शर्माले भने गृहमन्त्रीले तत्काल राजीनामा नदिए आमरण अनशन बस्छु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २९ २०८०
  • 3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री आतंककारीका रुपमा प्रस्तुत भएको भन्दै उनले गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

आफूले सुन तस्करी प्रकरणका दोषीलाई कारवाही गर्न र नैतिक रुपमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेकै आधारमा आफूलाई पक्राउ गरेर एक दिनसम्म अवैध रुपमा हिरासतमा राखिएको भन्दै आपत्ति जनाए । सभामुखलाई जानकारी नै नदिई, पक्राउ पुर्जी नै जारी नगरी आतंकपूर्ण ढंगले आफूलाई निवासबाट पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाएका छन्  ।

उनले गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता नरहेको भन्दै उनले तत्काल राजीनामा दिन माग गरेका छन्  ।

सांसद शर्मा भन्छन्, ‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु’ ।

सांसद शर्माले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आफूलाई पक्राउ गरेपछिका घटनाबारे संसदलाई जानकारी समेत गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४