Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्छुः ल्हारक्याललामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ ।

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोगलगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्विनी विकासकोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

नवनियुक्त उपाध्यक्ष लामालेआफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएकोपनि पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘हुँदै नभएको र गर्दैै नगरेकोअपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ ।बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैलेआर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन । यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छुभने म माथि लगाईने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटैगर्नेछु । लुम्विनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो ।’

नवनियुक्तउपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चारमाध्यामलाई पनि आग्रह गर्नु भयो । त्यसक्रममा उहाँले आफूलाई सो कोषकोउपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४