Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटरको मुख्यालयबाट किन हटाइयो एक्स लोगो ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १७ २०८०
  • 2.6K
    SHARES

काठमाडौं। ट्वीटर प्लाटफर्मलाई एक्सको रुपमा रिब्रान्डिंग गरी कम्पनीको नाम र लोगो समेत फेरेका एलन मस्कले केहीदिनअघि कम्पनीको सनफ्रान्सिस्कोस्थित मुख्यालयमा नयाँ लोगो सहितको बोर्ड राखेका थिए ।

साथै उनले हरेक ठाउँमा एक्स ब्रान्डिङ लागू गर्ने प्रक्रिया पनि पूरा गरिसकेका छन् । तर, यहीँ बीच कम्पनीको मुख्यालयमा राखिएको एक्स लोगोलाई स्थानीय अधिकारीहरुले हटाइदिएपछि मस्कलाई धक्का लागेको छ ।

स्थानीय अधिकारीहरुले सोमबार बिहान कम्पनीको मूख्यालयमा राखिएको आकर्षक एक्स अंकित लोगो हटाइदिएका हुन् । आखिर किन हटाइयो त कम्पनीको एक्स लोगो ?

समाचार अनुसार स्थानीय बासिन्दाहरुको गुनासोपछि मस्कको प्रिय तथा आकर्षक लोगो कार्यालायबाट हटाइएको हो ।

स्थानीय मानिसहरुले उक्त लोगो निकै चम्किलो रहेको र त्यसको प्रकाशले रातको समयमा धेरै अप्ठेरो पारेको भन्दै अधिकारीहरु समक्ष उजुरी गरेका थिए ।

जनताको गुनासोपछि निरीक्षण अधिकारीहरु एक्स कम्पनीको छतमा गएर हेर्ने कोसिस गरेका थिए । तर, कम्पनीले अधिकारीहरुलाई कार्यालय प्रवेश गरेर लोगोको अनुगमन गर्न दिएन । अस्थायी रुपमा उक्त लोगो राखिएको दाबी कम्पनीले गरेको थियो ।

सनफ्रान्सिस्कोस्थित भवन निरीक्षण तथा सहरी योजना विभागका सञ्चार निर्देशक प्याट्रिक हेननले ट्वीटरलाई सो लोगो हटाउनका लागि पहिले नै सूचना जारी गरिसकिएको तर उसले आफैं नहटाएपछि विभागले हटाइदिएको बताए ।

सो लोगो विरुद्ध २४ वटा गुनासो विभागमा परेको भन्दै उनले अनधिकृत रुपमा लोगो राखेको विषयमा सो भवनका मालिकमाथि जरिवाना पनि गरिएको बताए ।

एलन मस्कले हालै मुख्यालयमा नयाँ लोगो स्थापित भएसँगै एक भिडियो पोस्ट गरेका थिए । त्यसमा हवाई दृश्यमा निकै चम्किलो नयाँ लोगो देखिएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४