Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमान अपहरणको घटनामा खगेन्द्रले ‘विमान २०३०’ फिल्म बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । पञ्चायतविरुद्धको लडाइँमा बीपी कोइरालाको नेतृत्वमा भएको विमान अपहरणबारेको घटनालाई लिएर फिल्म ‘विमान २०३०’ निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ ।

बोर्डका अनुसार यो फिल्मलाई खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सले निर्माण गर्दैछ । लोकेश बज्राचार्यले निर्देशन गर्ने यो फिल्मको कलाकारमा सन्तोष गिरी र भूमिका खड्का हुने उल्लेख छ ।

डेढ करोड रुपैयाँ लगानीमा निर्माण हुने यो फिल्म नेपालको पहिलो विमान अपहरणबारेको घटनामा बन्न लागेको हो । यसबारे बुझ्न निर्माता लामिछानेलाई गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।

गत असार ३१ गते बोर्डमा फिल्म दर्ता भइसकेको छ । उक्त मितिमा बोर्डमा पाँच फिल्म दर्ता भएका थिए, जसमा ‘विमान २०३०’ सहित दयाहाङ राई स्टारर ‘कार्साङ’, रिमेश अधिकारीको ‘कोतपर्व’, अनमोल केसी स्टारर ‘फर्की फर्की’ र खगेन्द्र लामिछानेकै अभिनय रहने ‘वरिष्ठ बलराम’ छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४